एजेन्सी – आर्सनलले प्रिमियर लिगमा पुनः शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ ।
आर्सनल घरेलु मैदानमै बिहीबार वेष्टहम युनाइटेडसँग २-० ले पराजित भएसँगै पहिलो स्थानमा पुग्ने अवसर बाट चुकेको हो। वेष्टहमले प्रिमियर लिगमा आर्सनलमाथि लगातार तेस्रो पटक जित निकालेको हो । टोलीलाई जित दिलाउन लागि थोमस साउसेक र मोन्स्टानटिनोस माभरोपोनोसले गोल गरे ।
साउसेकले १३औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए थिए। माभरोपोनोसले दोस्रो हाफ सुरु भएको ५ मिनेटमा गोल थपेपछि आर्सनल दबाबमा परेको थियो। १९ खेलमा ४० अंकसहित आर्सनल दोस्रो स्थानमा कायम छ । शीर्ष स्थानको लिभरपुलको आर्सनलको भन्दा २ अंकले बढि छ ।
जितपछि ३३ अंक पुगेको वेष्टहम म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ । अर्को खेलमा टोटनहम पनि पराजित भएको छ । ब्राइटनले टोटनहमलाई ४-२ ले हरायो ।
जितपछि ब्राइटन १९ खेलबाट ३० अंक जोडेर आठौं स्थानमा उक्लेको छ । त्यति नै खेलबाट ३६ अंकका टोटनहम पाँचौ स्थानमा कायम छ।