प्रादेशिक अस्पतालले ४४ नर्स सहित २७२ कर्मचारीहरुलाई जागिर दिदै

मधेस प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग गरिएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचनाअनुसार पाँचौ तह, चौथो तह र श्रेणीबिहीन कर्मचारी गरी २७२ जना कर्मचारी माग गरिएको छ ।

करार सेवामा माग गरिएका कर्मचारी मध्ये सबैभन्दा धेरै स्टाफ नर्स ४४ जना माग गरिएको छ । त्यसपछि चौथो तहको अहेब पदमा २४ कर्मचारी मागिएको छ । पाचौँ तहको हेल्थअसिस्टेन्ट र चौथो तहको अनमी १८१८ जना माग गरिएको छ ।

श्रेणीबिहीन कर्मचारीमा कार्यलय सहयोगी, सवारी चालक, प्लम्बर, सेक्युरिटी गार्ड लगायतका कर्मचारी प्रदेश स्वास्थ्य निर्दशनालयले मागेको छ ।

योग्यता पुगेका इच्छुकलाई हिजोको १५ दिनभित्र आवेदन दिन भनिएको छ । माग गरिएका कर्मचारी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुरस्थित प्रदेश अस्तपालबाहेकका लागि रहेको सूचना उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.