वीर अस्पतालमा गरिएको आर्थिक नाकाबन्दीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ–  सरकारले वीर अस्पताललाई गरेको आर्थिक नाकाबन्दीका विरुद्धमा  सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। वीर अस्पतालमा खाजा र अक्सिजन कटौती गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।  

सरकारले वीर अस्पताललाई आर्थिक नाकाबन्दी गरेको दाबीसहित रिट दायर भएको हो। अक्सिजन ग्यास र खाजा खानाको लागि पूरै बजेट कटौती गर्ने निर्णय गैरकानुनी हुनुका साथै मौलिक हक र स्वास्थ्य उपचार पाउने तथा बाच्न पाउने हकविरुद्ध भएको दाबी रिटमा गरिएको छ।

वीरमा घटाइएको आधा बजेट तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ। रिटको पेशी पुस १८ गतेलाई तोकिएको छ।

रिटमा वीर अस्पताललाई तत्काल रकम निकासा गर्न अन्तरिम आदेशको माग गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.