गीति सम्झना, भाग—१
तनको पीडा निख्रियो, मनको दर्द जीवन्त
बिच बाटोमै छाडेर गयौ, कसरी मनाउँ मान्दैन मन त
कति हजार वर्षसम्म तिम्लाई मैले कुर्ने हो ?
तिमीलाई भेट्ने साइत अब खै कैले जुर्ने हो ?
जीवनसाथी बनेरै आउ, कुर्छु म जुनी अनन्त
बिच बाटोमै छाडेर गयौ, कसरी मनाउँ मान्दैन मन त
चाहना छ बिताउने लाखौं जुनि तिम्रै साथमा
एक्कासी आयो काल थिएन पल हाम्रो हातमा
आँखा लाइस् किन दैव, तैँले हामीमाथि भन् त ?
बिच बाटोमै छाडेर गयौ, कसरी मनाउँ मान्दैन मन त
विधाताको खेल कस्तो छुटाउने र भेटाउने
वर्साैँको नाता छिनमै यसैगरी मेटाउने
कुरी बस्नु मलाई नै तिमी, आउँछु है लिइ फेरि जन्त
बिच बाटोमै छाडेर गयौ, कसरी मनाउँ मान्दैन मन त
तिमी साथमा छँदा थिएँ म त संसारकै धनी
बाच्दै छु तिमी बिनै यसरी कंगाल बनी
को छ र म जस्तो गरिब, गुम्यो मेरो ठूलो धन त
बिच बाटोमै छाडेर गयौ, कसरी मनाउँ मान्दैन मन त
Post Views: 25