एडमण्ड सिटी हस्पिटलको वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

No description available.

नेपालभरी छरिएर रहेका भारतीय भूपू सैनिकहरुलाई ECHS मार्फत निःशुल्क सम्पूर्ण उपचार गर्दै आएको बुटवल १४ बेलबासमा अवस्थित सम्पूर्ण सुबिधा सम्पन्न एडमण्ड सिटी हस्पिटलले रुपन्देही सम्पर्क समाज बुटवलको आयोजनामा एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा आज सम्पन्न भएको छ।

उक्त कार्यक्रममा एडमण्ड सिटीका वरिष्ठ कार्डियोलोजिस्ट डा. प्रकृतिराज कँडेल, प्रसुती तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेती, जनरल फिजिसियन विशेषज्ञ डाक्टर केशब राज शर्मा, मेडिकल अफिसर डाक्टर रोहित खड्का, डाक्टर विकास घिमिरेले सेवा दिनुभएको हस्पिटलका संचालक र पिआरओ श्री मुक्ति काफ्ले ज्युले बताउनु भयो।

No description available.

‘‘गाउँमा स्वास्थ्य शिविर ल्याउँदा रोग लागेको समेत थाह नपाएर बसेका गरिब आमाबुबा तथा दिदी बहिनिहरुलाई निस्शुल्क उपचार गर्ने उद्देश्यले स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको छ । अहिलेसम्म ६५० भन्दा बढीले स्वास्थ्य उपचार लिइ सकेको छत्रगंन्ज रुपन्देही सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीले भन्नुभयो ।’’

उक्त कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, एडमण्ड सिटि अस्पतालका अध्यक्ष प्रकाश राना, छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपाने, वार्ड नम्बर ५ का अध्यक्ष बालकृष्ण पोखरेल, वार्ड नम्बर ६ का अध्यक्ष कमल पौडेल, वार्ड सदस्यहरु , स्थानीय व्यावसायी टिन प्रसाद प्रधान लगायतको सहभागिता रहेको थियो।

No description available.

कार्यक्रमलाई सहजीकरण छत्रगञ्ज रुपन्देही सम्पर्क समाजका सचिव विराज पौडेलले गर्नु भएको थियो। संचालक काफ्लेका अनुसार विभिन्न संघ–सस्था सम्पर्क समाजसँग समन्वय गरि विभिन्न जिल्लाहरुमा पनि स्वास्थ्य शिविर सञ्चालन गरि स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका सम्पूर्ण जनतालाई सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.