मधेस प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदै

जनकपुरधाम । मधेस प्रदेशसभाको चौथो अधिवेशन आज (मंगलबार) दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

गत भदौ २९ गते बसेको प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक लामो समयपछि बस्न लागेको हो ।

बैठकमा प्राकृतिक स्रोत र साधन समितिको प्रतिवेदन पेस गरिने प्रदेशसभा सचिवालयका सचिव वासु कोइरालाले जानकारी दिए ।

प्रदेशसभा बैठकको सबै तयारी पूरा भएकाे सचिवालयले जनाएकाे छ ।

प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.