अभिषेक र ऐश्वर्याको सम्बन्धमा माया र समझदारी, नयाँ वर्ष एकसाथ मनाए

बलिउडका सुपरस्टार अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध विच्छेदको खबर केही समयदेखि मिडियामा चर्चित थियो। तर हालैका केही घटनाहरूले यी दुवै स्टारको सम्बन्धमा माया र समझदारीको पुनः पुष्टि गरेका छन्।

अभिषेक र ऐश्वर्या छोरी आराध्याको विद्यालय कार्यक्रम र एक वेडिङ रिसेप्शनमा एकसाथ देखिएका थिए। यसपछि दुवैले नयाँ वर्ष पनि एकसाथ मनाएका छन्। ऐश्वर्या हालै मुम्बई फर्किएकी छन् र भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार, अभिषेकले उनलाई लिन गएपछि ऐश्वर्या घर फर्किएकी हुन्। यसअघि ऐश्वर्या आफ्नो आमाको घरमा बसिरहेकी थिइन्।

अभिषेक र ऐश्वर्याको प्रेम कथा फिल्म ‘गुरू’ बाट सुरु भएको थियो। ‘गुरू’ मा काम गर्दै अभिषेक बच्चन ऐश्वर्यामा प्रेममा परे र फिल्मको प्रमोशनको क्रममा उनले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखे। ऐश्वर्याले उक्त प्रस्ताव स्वीकार गरेपछि उनीहरूको सम्बन्धले नयाँ मोड लियो र २००७ मा उनीहरू विवाह बन्धनमा बाँधिए।

फिल्म ‘ढाई अक्षर प्रेम के’ बाट शुरू भएको यो यात्रा ‘कुछ ना कहो’, ‘उमरावों जान’, ‘बन्टी और बब्ली’, र ‘धूम २’ मा पनि सँगै देखिएका थिए। अभिषेक र ऐश्वर्या फिल्म इंडस्ट्रीका उत्कृष्ट जोडी मानिन्छन् र उनीहरूको सम्बन्धमा धेरैले रुचि राखेका छन्।

अभिषेक र ऐश्वर्याको विवाहले सन् २००७ को बलिउडका प्रमुख चर्चाको विषय बन्यो, र उनीहरूको प्रेम कथा आज पनि दर्शकहरूका मनमा जीवित छ। दुवैले आफ्नो व्यक्तिगत जीवनलाई मिडियाबाट जति टाढा राख्न खोजे पनि, उनीहरूको सम्बन्धले सदैव बलियो र सुदृढ रहेको छ भन्ने कुरा समय समयमा देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.