logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

माघ १६ मा देशभर सहिद दिवस मनाइँदै

माघ १६ मा देशभर सहिद दिवस मनाइँदै


  • बुधबार, माघ १६ २०८१
  • 793
    SHARES

    लोकसारथि,माघ १६ । प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका लागि जीवन आहूति दिने सहिदको सम्झनामा माघ १६ गते देशभर सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष सहिद सप्ताह मनाउने परम्पराअनुसार माघ १० देखि १६ गतेसम्म विविध कार्यक्रम गरिँदै आएको छ ।

    सहिद दिवसका अवसरमा बुधबार बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि आयोजना गरिनेछ । प्रभातफेरिमा प्रधानमन्त्री, मन्त्री, उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका टोली तथा नागरिक समाजको सहभागिता रहनेछ । लैनचौरस्थित सहिद स्मारकमा ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ ।

    नेपालमा प्रजातन्त्रका लागि लड्दा विसं १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले शहादत प्राप्त गरेका थिए । उनीहरूको बलिदानको सम्झनामा विसं २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजनमा सहिद दिवस मनाउन थालिएको थियो ।

    यस वर्षको सहिद दिवसमा लखन थापादेखि पछिल्ला स्वतन्त्रता आन्दोलनका सहिदहरूलाई सम्झने विशेष कार्यक्रम गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय सहिद स्मारकमा आयोजना गरिनेछ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

    त्यसैगरी, पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकलाई पनि सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने स्थल बनाउने घोषणा गरिएको छ । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारीहरूले शपथ लिएपछि सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने परम्परा बसाल्ने तयारी गरिएको छ । विदेशी पाहुनाहरूले पनि पुष्पगुच्छा चढाएर सहिदको सम्मान गर्ने प्रबन्ध मिलाइँदैछ ।

    नेपालका लागि सहिदहरूको योगदान अमूल्य रहेको भन्दै सरकार तथा सरोकारवाला निकायहरूले उनीहरूको सपना पूरा गर्न पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

    प्रकाशित : बुधबार, १६ माघ २०८१ , ०२:२३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend