logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

क्रिकेट प्रशिक्षक मोन्टी देसाईको सम्झौता नविकरण नगर्ने क्यानको निर्णय

क्रिकेट प्रशिक्षक मोन्टी देसाईको सम्झौता नविकरण नगर्ने क्यानको निर्णय


  • शनिबार, माघ १९ २०८१
  • 637
    SHARES

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएको छ।

    क्यानले देसाईको कार्यकाल नथप्ने यसअघि नै घोषणा गरिसकेको छ । क्यानले आज विज्ञप्ति निकालेर देसाईलाई धन्यवाद दिएको छ । देसाईको प्रशिक्षणमा नेपाली पुरुष राष्ट्रिय टिमले गरेको उत्कृष्ट प्रदर्शन र टिमको सफलताका लागि धन्यवाद दिइएको क्यानले जनाएको छ । उनीसँग सन् २०२३ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् ।

    भारतीय मूलका मोन्टी देसाई विं.सं. २०७९ माघमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । देसाईको प्रशिक्षणमा नेपालले एकदिवसीय हैसियत जोगाउनेदेखि एशिया कपमा भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग खेल्ने मौका पाएको थियो । यस्तै नेपालले १० वर्षपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।

    प्रकाशित : शनिबार, १९ माघ २०८१ , १२:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend