logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि यी चार जना प्रारम्भिक सूचीमा, २३ गते अन्तर्वार्ता

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि यी चार जना प्रारम्भिक सूचीमा, २३ गते अन्तर्वार्ता


  • शनिबार, माघ १९ २०८१
  • 338
    SHARES

    काठमाडौं- त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको नयाँ कार्यकारी निर्देशकका लागि प्रारम्भिक छनोटमा चार जना परेका छन्। कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनोट समितिले चार जनालाई माघ २३ गते अन्तर्वार्ताका लागि बोलाएको छ।

    छनोट समितिले प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै अन्तर्वार्ताका लागि बोलाएको हो।

    समितिका अनुसार अन्तर्वार्तामा आउँदा उनीहरुलाई अस्पताल सञ्चालन सम्बन्धी व्यवस्थापन योजनाको १० मिनेटको पावर प्वाइन्ट प्रस्तुतीकरण समेत तयारी गरी ल्याउन भनिएको छ। समितिले हरेक उम्मेदवारलाई आधा घण्टाको समय दिने र सोही अनुसार आधा घण्टाको फरकमा उम्मेदवारहरुलाई बोलाएको छ।

    त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेको समयावधि सकिएपछि उक्त पद रिक्त छ। अहिले अस्पतालमा प्राडा घनश्याम गुरुङले निमित्त निर्देशकको जिम्मेवारी पाएका छन्।

    प्रकाशित : शनिबार, १९ माघ २०८१ , ०१:२७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend