logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सामान्य विवादमा छिमेकीको कुटपिटबाट मृत्यु

सामान्य विवादमा छिमेकीको कुटपिटबाट मृत्यु


  • आइतबार, माघ २० २०८१
  • 702
    SHARES

    काठमाडौँ, २० माघः झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

    सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए ।


    कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित : आइतबार, २० माघ २०८१ , ०२:२० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend