logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

त्रिदेशीय महिला टी–२० शृङ्खला : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

त्रिदेशीय महिला टी–२० शृङ्खला : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै


  • बुधबार, माघ २३ २०८१
  • 780
    SHARES

    काठमाण्डौ । जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् ।

    कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । नेपालले अहिलेसम्म खेलेका चारवटै खेल हारेको छ । हिजो भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको थियो ।

    नेपाल यसअघि नेदरल्यान्ड्ससँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको थियो । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।

    नेपाल अङ्कविहीन हुँदै पुछारमा छ । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।

    प्रकाशित : बुधबार, २३ माघ २०८१ , ०१:३५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend