logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

छोराबुहारीले बाबुको हत्या गर्न चार जना परिचालन, ६ जना पक्राउ

छोराबुहारीले बाबुको हत्या गर्न चार जना परिचालन, ६ जना पक्राउ


  • बुधबार, माघ ३० २०८१
  • 520
    SHARES

    काठमाडौं। इलाममा आफ्नै बाबुको हत्या गर्न लगाएका छोराबुहारीसँगै ६ जना पक्राउ परेका छन्। बारीको अम्रिसो बेच्ने विषयमा विवाद हुँदा छोराबुहारीले मान्छे लगाएर सूर्योदय नगरपालिका ११ का ५१ वर्षीय धनराज राईको हत्या गरेको प्रहरीले जनाएको छ।

    यसअघि बाबुसँग विवाद भएपछि करिब ८ महिनाअघि छोराबुहारी छुट्टै बस्दै आएका थिए। हत्याको एक साताअघि अम्रिसो बेच्ने विषयमा उनीहरूबीच विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

    अम्रिसो किन्न खोज्ने समूहकै प्रयोग गरी धनराजको हत्या गरिएको हो। पक्राउ पर्नेमा सूर्योदय ११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती २६ वर्षीया मालती तामाङ रहेका छन्। उनीहरू मृतकका आफ्नो छोराबुहारी हुन्।

    यस्तै, सूर्योदय ११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई पक्राउ परेका छन्।

    यही २८ गते दिउँसो ११ बजेतिर धनराज मृत फेला परेको भन्दै प्रहरीसमक्ष खबर पुगेको थियो। उनी आफ्नै घरको भुँई तलामा मृत भेटिएका थिए।

    प्रकाशित : बुधबार, ३० माघ २०८१ , ०१:०५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend