काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता सोमबारदेखि दशरथ रंगशालामा शुरु भएको छ । उद्घाटन खेलमा म्यानमार विजयी भएको छ । म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा म्यानमारले शुरुआती अग्रता लियो। थिन थइनगितुनले गोलले पेनाल्टी बक्सबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
६०औँ मिनेटमा लेबनान पनि खेलमा फर्कियो। मध्यभागबाट लयला इस्कान्डरले एक्लै बल बढाउँदै गोल गरिन्।
७२औँ मिनेटमा म्यानमारले पुनः अग्रता लियो। स्वेय यी तुनले हेडरमार्फत बललाई जाली चुमाइन् । त्यसको तीन मिनेटपछि म्याट नोए बिनाले अर्को गोल गर्दै टिमलाई जिताइन् ।
योसँगै म्यानमारले महत्वपूर्ण तीन अंक बटुलेको छ ।
आजको दोस्रो खेल
आजको दोस्रो खेलमा नेपालले कीर्गिस्तानसँग खेल्दैछ । यो खेल साँझ ५ः३० बजेवाट शुरू हुनेछ । नेपाल कीर्गिस्तानभन्दा बलियो टिम हो ।
कीर्गिस्तानसँग नेपालले अहिलेसम्म एक खेल खेलेको छ । सन् २०१९ कीर्गिस्तानमै भएको नादेज्दा कपमा नेपाल ८–२ को फराकिलो अन्तरले विजयी भएको थियो ।
आजको खेलमा साबित्रा भण्डारीले खेल्ने नखेल्ने टुंगो छैन । खेलको स्थिति हेरेर उनी मैदानमा छिर्ने छिन् । उनी फ्रान्सबाट आजमात्रै फर्केकी हुन् ।