लोकसारथि, १९ फागुन – तिलोत्तमा नगरपालिकाको स्टुडेन्ट च्यालेन्ज फन्ड अन्तर्गत सञ्चालित विज्ञान प्रविधि प्रदर्शनी कार्यक्रम २०८१ सफलता पूर्वक सम्पन्न भएको छ।

कार्यक्रम श्री दुर्गा माध्यमिक विद्यालयको व्यवस्थापनमा १९ फागुन गते विद्यालय प्राङ्गणमा सम्पन्न भएको हो। तिलोत्तमा नगरपालिकाले विद्यार्थीहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्न सामुदायिक विद्यालयका विद्यार्थीहरूका नवीनतम आइडियाहरूलाई प्रोत्साहन गर्दै आर्थिक सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका १५ समूह सहभागी भएका थिए। विद्यार्थीहरूले नवीनतम वैज्ञानिक अवधारणाहरू प्रस्तुत गर्दै पर्यावरणमैत्री र प्रविधिमैत्री प्रयोगहरू प्रदर्शन गरेका थिए।
कार्यक्रमको ब्यानरमा “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहर, सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर” भन्ने नारा अंकित गरिएको थियो।

तिलोत्तमा नगरपालिकाले यस प्रकारका सहयोगी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। विद्यार्थीहरूलाई वैज्ञानिक सोच र नवाचारतर्फ अभिप्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विद्यालय प्रशासनको विश्वास छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
