logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

प्रमोद खरेल र तृप्ति खड्का गुरुङको स्वरमा ‘लौरी’ सार्वजनिक

प्रमोद खरेल र तृप्ति खड्का गुरुङको स्वरमा ‘लौरी’ सार्वजनिक


  • बुधबार, फाल्गुन २१ २०८१
  • 1.3K
    SHARES

    लोकसारथि, २१ फागुन । चर्चित गायक प्रमोद खरेल र गायिका तृप्ति खड्का गुरुङको स्वरमा नयाँ गीत ‘लौरी’ सार्वजनिक भएको छ। यस गीतलाई हरी उप्रेतीले निर्माण गरेका हुन्।

    गीतमा हरी उप्रेतीकै शब्द रहेको छ भने संगीत सागर लामाले तयार पारेका छन्। गीतको संगीत संयोजन **कृष्ण के.सी.**ले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ नरेश पाण्डेले गरेका छन् भने यो गीत सारेगामा स्टुडियोमा रेकर्ड गरिएको हो।

    गीतको भिडियो हारी उप्रेती अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोलाई विजय गुरुङले निर्देशन गरेका छन् भने छायांकन मुकेश नेपालीले गरेका छन्। भिडियोमा विजय गुरुङ र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ।

    भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् भने कबिन खड्काले मेकअप गरेका छन्। सम्पादन कार्य ड्रागन पिक्चर्समा सम्पन्न गरिएको हो।

    गीत ‘लौरी’ लोकभाव झल्काउने किसिमको गीत हो, जसले नेपाली मौलिकताको सुगन्ध बोकेको छ। गीतको भिडियो पनि निकै आकर्षक बनेको छ।

    हेर्नुहोस् ‘लौरी’को भिडियो:

    प्रकाशित : बुधबार, २१ फाल्गुन २०८१ , ०३:३२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend