logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

चितवनमा टाटा मोटर्सका नयाँ इलेक्ट्रिक गाडी लन्च

चितवनमा टाटा मोटर्सका नयाँ इलेक्ट्रिक गाडी लन्च


  • बुधबार, फाल्गुन २८ २०८१
  • 1K
    SHARES

    लोकसारथि, २८ फागुन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटाका नयाँ इलेक्ट्रिक गाडीहरू चितवनमा लन्च गरेको छ। चितवनस्थित चितवन गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा टाटाको हालै नेपालमा लन्च भएका कर्भ ईभी, नेक्सन के३ ईभी, र टाटा टियागो ईभी २०२५ सार्वजनिक गरिएका छन्।

    लन्च कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख महाप्रबन्धक सावन्त जंग सिजापती, टाटा मोटर्सका नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान, सुमन कुमार श्रेष्ठ तथा एफएनसीसीआई चितवनका अध्यक्ष सहभागी थिए।

    कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, ‘आज टाटा ईभीको नयाँ मोडलहरू चितवनमा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। कर्भ ईभी डिजाइन, प्रिमियम अनुभूति, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम तथा नेपालको बाटोघाटो अनुरूपको प्रिमियम गाडी भएकाले ग्राहकहरूको पहिलो रोजाइमा पर्नेछ। नेक्सन के३ ईभी अझै ठूलो ब्याट्रीका साथ आएको छ भने, टियागो ईभी २०२५ नयाँ लुक्स, अत्याधुनिक सुविधासहित तर पुरानै मूल्यमा उपलब्ध छ।’

    त्यस्तै, सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले टाटा मोटर्सका आधुनिक र प्रिमियम गाडीहरू चितवनमा लन्च गर्न पाउँदा हर्षित भएको बताए। टाटा मोटर्सका नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवामा प्रतिबद्ध रहेको उल्लेख गर्दै ग्राहकहरूलाई टाटा मोटर्सका स्टाइलिश तथा प्रिमियम नयाँ गाडीहरू ढुक्क भएर किन्न आग्रह गरे।

    अब चितवनका ग्राहकहरूले सफल मोटर्सको शोरुममा गएर कर्भ ईभी, नेक्सन के३ ईभी, र टाटा टियागो ईभी २०२५ को टेस्ट ड्राइभ गर्न सक्नेछन्।

    प्रकाशित : बुधबार, २८ फाल्गुन २०८१ , ०१:३७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend