logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य

हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य


  • शुक्रबार, चैत्र १ २०८१
  • 1.4K
    SHARES

    लोकसारथि, ०१ चैत । हङकङले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । जारी चार देशीय सिरिज अन्तर्गत हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १०४ रन बनाएको हो ।

    हङकङका लागि शनजीन शाहजादले सर्बाधिक ५४ रन बनाएकी थिइन् भने नेपाली बलर राजमती ऐरीले ३ विकेट लिएकी थिइन् ।

    नेपालले यस सिरिजमा ४ हार बेहोरेर फाइनलको दौडबाट बाहिरिएको छ भने यस खेलमा हङकङलाई पराजित गरेमा हङकङलाई पनि फाइनलको दौडमा रोक्ने छ । 

    अब सिरिजमा मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   

    प्रकाशित : शुक्रबार, १ चैत्र २०८१ , ०९:४१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend