हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य

लोकसारथि, ०१ चैत । हङकङले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । जारी चार देशीय सिरिज अन्तर्गत हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १०४ रन बनाएको हो ।

हङकङका लागि शनजीन शाहजादले सर्बाधिक ५४ रन बनाएकी थिइन् भने नेपाली बलर राजमती ऐरीले ३ विकेट लिएकी थिइन् ।

नेपालले यस सिरिजमा ४ हार बेहोरेर फाइनलको दौडबाट बाहिरिएको छ भने यस खेलमा हङकङलाई पराजित गरेमा हङकङलाई पनि फाइनलको दौडमा रोक्ने छ । 

अब सिरिजमा मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.