logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

पुष्पान्जली मन्टेश्वरी स्कुलको दीक्षान्त समारोह सम्पन्न, असल अभ्यासको उदाहरण बन्दै विद्यालय

पुष्पान्जली मन्टेश्वरी स्कुलको दीक्षान्त समारोह सम्पन्न, असल अभ्यासको उदाहरण बन्दै विद्यालय


  • बिहिबार, चैत्र २८ २०८१
  • 975
    SHARES

    तिलोत्तमा, रुपन्देही – तिलोत्तमा नगरपालिका–७, भलवारीमा अवस्थित पुष्पान्जली मन्टेश्वरी स्कुलले बिहीबार एक भव्य दीक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमै सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले मन्टेश्वरी शिक्षण विधिबाट अध्ययन गरेका बालबालिकामा असल संस्कार र व्यवहारिक ज्ञानको विकास निकै छिटो हुने बताउनु भयो। “बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गरिने भएकाले पछिल्लो समय अभिभावकहरूको चासो र विश्वास मन्टेश्वरी शिक्षाप्रणालीप्रति बढ्दो छ,” चौधरीले भनिन्।

    उहाँले पुष्पान्जली मन्टेश्वरी स्कुलले छोटो अवधिमा उत्कृष्ट शैक्षिक अभ्यास प्रस्तुत गर्दै आफूलाई अब्बल संस्थाका रूपमा चिनाउन सफल भएकोमा प्रशंसा पनि गर्नुभयो।

    विद्यालयका अध्यक्ष नन्दा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यु होराइजन स्कुल बुटवलका कोअर्डिनेटर तथा अभिभावक प्रकाश गौतम, युनिर्भसल मन्टेश्वरी ट्रेनिङ सेन्टरकी लक्ष्मी पोख्रेल, प्याब्सन नवलपरासीका अध्यक्ष डम्मर गुरुङ, टेकनारायण ढकाल, माधव भण्डारी, नारायण पाण्डे, आरपी गुरुङ लगायतका व्यक्तित्वहरूले मन्तव्य व्यक्त गर्दै पुष्पान्जली मन्टेश्वरीको शिक्षण शैली उदाहरणीय बन्दै गएको धारणा राखे।

    कार्यक्रममा विद्यालयकी प्रिन्सिपल पुष्पा गुरुङले स्वागत मन्तव्य दिँदै स्कुलको उद्देश्य, उपलब्धि र भावी योजनाबारे जानकारी गराएकी थिइन्।

    दीक्षान्त समारोहमा बालबालिकाहरूले गीत, नृत्य, भाषणकला जस्ता विविध सांस्कृतिक प्रस्तुतिहरू समेत गरेका थिए। सन् २०७८ मा स्थापना भएको यस विद्यालयमा हाल ९१ जना विद्यार्थी अध्ययनरत छन्।

    प्रकाशित : बिहिबार, २८ चैत्र २०८१ , ०७:३९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend