logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

काठमाडौँमा पुनः जेनजीको आक्रोश, कलङ्कीमा झडप; उपत्यकामा कर्फ्यु जारी

काठमाडौँमा पुनः जेनजीको आक्रोश, कलङ्कीमा झडप; उपत्यकामा कर्फ्यु जारी


  • मंगलबार, भाद्र २४ २०८२
  • 780
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    सोमबार भएको भ्रष्टाचारविरोधी जेनजी पुस्ताको प्रदर्शनमा सुरक्षा निकायको दमनबाट उत्पन्न आक्रोश मंगलबार बिहानदेखि राजधानीका सडकमा पुनः देखिएको छ। युवाहरू काठमाडौँका विभिन्न स्थानमा सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्।

    यसैबीच, काठमाडौँको कलङ्की क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच अहिले तीव्र झडप भइरहेको छ। स्थिति तनावपूर्ण बन्दै गएपछि प्रशासनले काठमाडौँ उपत्यकाका तीनै जिल्ला–काठमाडौँ, ललितपुर र भक्तपुरमा कर्फ्यु आदेश जारी गरेको छ।

    याद रहोस्, सोमबारको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा कम्तीमा १९ जना युवाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए। घटनापछि राजधानीसहित देशभरको राजनीतिक वातावरण थप तातिएको छ।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , ११:०२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend