logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सिंहदरबारभित्र प्रदर्शनकारी प्रवेश, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनी

सिंहदरबारभित्र प्रदर्शनकारी प्रवेश, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनी


  • मंगलबार, भाद्र २४ २०८२
  • 403
    SHARES

    काठमाडौँ – मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र सोमबार आक्रोशित प्रदर्शनकारीहरू प्रवेश गरी आगजनी गरेका छन्।

    ‘जेनजी’को आह्वानमा दोस्रो दिन भइरहेको आन्दोलनका क्रममा केही प्रदर्शनकारीहरू सिंहदरबारको पश्चिमी गेट हुँदै भित्र पसेका थिए। उनीहरू सुरुमा गेटभित्रको बगैचासम्म पुगेका थिए। सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर निकाल्ने प्रयास गरे पनि ठूलो संख्यामा भीड प्रवेश गर्दा नियन्त्रण गुमेको बताइएको छ।

    प्रदर्शनकारीहरूले सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत आगो लगाएको पुष्टि भएको छ। अहिले घटनास्थलमा सुरक्षाकर्मीको ठूलो फौज परिचालन गरिएको छ र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको छ।

     

    राजधानी काठमाडौँमा ‘जेनजी’ आन्दोलन उग्र बन्दै गएको छ। आइतबार मात्र प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको घटनापछि सोमबार आन्दोलन थप आक्रामक भएको हो।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , ०४:०९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend