logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

उग्र आन्दोलनपछि जेनजी प्रदर्शनकारीले मनाए ‘विजय उत्सव’

उग्र आन्दोलनपछि जेनजी प्रदर्शनकारीले मनाए ‘विजय उत्सव’


  • मंगलबार, भाद्र २४ २०८२
  • 533
    SHARES

    काठमाडौं – लगातार दुई दिनदेखि राजधानीसहित देशभर उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले मंगलबार साँझदेखि ‘विजय उत्सव’ मनाउन थालेका छन्।

    सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएको आन्दोलन सोमबार हिंसात्मक बनेपछि सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यसपछिका घटनाक्रमले आन्दोलन झनै आक्रामक रूप लिएको थियो। मंगलबार पनि आक्रोशित प्रदर्शनकारीले सरकारले लगाएको कर्फ्यू आदेशको अवज्ञा गर्दै सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयहरूमा आगजनी र तोडफोड गरेका थिए।

    राजधानीको बानेश्वर, माइतीघर, सिंहदरबार वरिपरि ठूलो भीड देखिन्थ्यो भने प्रदेशका विभिन्न शहरमा पनि आन्दोलन उस्तै उग्र बनेको थियो। सुरक्षाकर्मीले आन्दोलन नियन्त्रणमा लिने प्रयास जारी राखे पनि कतिपय स्थानमा अहिले पनि प्रदर्शन रोकिएको छैन।

    युवाहरूको ठूलो समूह अहिले सडकमा नाचगान गर्दै विजयको प्रतीक स्वरूप उत्सव मनाइरहेको छ। तर, स्थिति अझै पूर्ण रूपमा शान्त भएको छैन। सुरक्षा निकायले भने सतर्कता कायम राख्दै थप हिंसा हुन नदिने प्रयास गरिरहेको जनाएको छ।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , ०५:४६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend