logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

कांग्रेस नेता खाणद्वारा जेन-जी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली

कांग्रेस नेता खाणद्वारा जेन-जी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली


  • शुक्रबार, भाद्र २७ २०८२
  • 884
    SHARES

    राजु विके, बुटवल।
    नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति रामकृष्ण खाणले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको जेन-जी आन्दोलनका क्रममा राज्य पक्षको गोली प्रहारमा परी ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

    शुक्रबार जारी विज्ञप्तिमा उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरेका छन्। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्य पक्षलाई उपचारमा आवश्यक पहल बढाउन आग्रह गरेका छन्।

    दोस्रो दिनको प्रदर्शनमा काठमाडौँसहित विभिन्न स्थानमा भएको तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गर्दै खाणले सम्पत्ति ध्वंसमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कारबाही गर्न माग गरेका छन्। उनका अनुसार, हिंसात्मक गतिविधिले मुलुकलाई दिशाहीन बनाउन सक्ने जोखिम बढेको छ।

    खाणले वर्तमान संवैधानिक प्रक्रियामार्फत राष्ट्रपतिको अगुवाइमा जेन-जी समूहसहित संवैधानिक पक्षधर शक्तिलाई समेटेर अन्योलको अवस्थाबाट निकास दिनुपर्नेमा जोड दिएका छन्। “हजारौँ शहीदको बलिदानबाट प्राप्त जनअधिकार कायम राख्दै जेन-जी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ।

    प्रकाशित : शुक्रबार, २७ भाद्र २०८२ , ०२:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend