logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

बैतडीमा इभी दुर्घटना, १० जना घाइते, चालक फरार

बैतडीमा इभी दुर्घटना, १० जना घाइते, चालक फरार


  • शनिबार, असोज ११ २०८२
  • 793
    SHARES

    लोकसारथि संवाददाता, बैतडी ।

    बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा शनिबार दिउँसो इभी (इलेक्ट्रोनिक भ्यान) दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

    धनगढीबाट पुर्चौंडी जाँदै गरेको सुपप्र ०२००१ ज ०६२० नम्बरको जिप जयपृथ्वी राजमार्गअन्तर्गत भञ्ज्याङमा करिब दिउँसो पौने ३ बजे दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।

    इभीमा चालकसहित १९ जना सवार थिए। तीमध्ये ८ जना सकुशल रहे भने १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक बडूले बताए।

    घाइते हुनेहरू

    • पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद

    • २८ वर्षीया यशोदा साउँद

    • ५ वर्षीय कोबित पन्त

    • २८ वर्षीया पवित्रा पन्त

    • १९ वर्षीय नरेश बोहरा

    • २८ वर्षीया वसन्ती अवस्थी

    • १७ वर्षीय विकास साउँद

    • पुर्चौंडी नगरपालिका–४ की १९ वर्षीया कमला धानुक

    • त्यही ठाउँका २२ वर्षीय प्रकाश धानुक

    • पुर्चौंडी नगरपालिका–३ की २२ वर्षीया सावित्री धामी

    सर्वै घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    यस घटनापछि इभी चालक पुर्चौंडी नगरपालिका–५ का महेश बोहरा फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता बडूले बताए।

    प्रहरीका अनुसार जिप सडकबाट करिब २५ मिटर तल खसेको हो। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    प्रकाशित : शनिबार, ११ असोज २०८२ , ०८:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend