logo

सोमबार, ११ साउन २०८३

सोमबार, साउन ११ २०८३

रौतहटका प्रधानाध्यापक र बिचौलिया वीरगन्जमा ४ लाख ५० हजार घुससहित पक्राउ

रौतहटका प्रधानाध्यापक र बिचौलिया वीरगन्जमा ४ लाख ५० हजार घुससहित पक्राउ


  • शनिबार, असोज २५ २०८२
  • 741
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    रौतहटको श्री जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद र बिचौलिया अरविन्दप्रकाश साह कानु घुससहित पक्राउ परेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई शुक्रबार पर्सा, वीरगन्ज महानगरपालिका–१३ अदालत रोडस्थित एक होटलबाट पक्राउ गरेको हो।

    आयोगका अनुसार शिक्षक आवश्यकता खुलाएको विज्ञापनमा एक सेवाग्राहीले रीतपूर्वक दर्खास्त दिएको तर सोही प्रक्रियामा घुस मागिएको उजुरी परेपछि अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ परेकाहरूको साथबाट ४ लाख ५० हजार रुपैयाँ नगद बरामद गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

    अख्तियारले दुबै जनामाथि घुस माग्ने र लिने कार्यमा संलग्न रहेको प्रारम्भिक प्रमाणका आधारमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

    प्रकाशित : शनिबार, २५ असोज २०८२ , ०१:३२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend