logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जसपा सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ, सांसद विकास कोषको रकम दुरुपयोगको आरोप

जसपा सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ, सांसद विकास कोषको रकम दुरुपयोगको आरोप


  • बिहिबार, असोज ३० २०८२
  • 559
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन्। सांसद विकास कोषको रकम दुरुपयोग गरेको गम्भीर आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

    अख्तियारका अनुसार कुशवाहाले सांसद विकास कोषबाट विनियोजित रकममध्ये ३७ प्रतिशतसम्म कमिसन आफ्नै खातामा जम्मा गरेको प्रमाण भेटिएको छ।

    पूर्वगृहराज्यमन्त्री समेत रहेका कुशवाहा यसअघि पनि सोही आरोपमा पक्राउ परेका थिए तर अदालतले उनलाई तारेखमा रिहा गरेको थियो। अहिले भने विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि पुनः पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।

    महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित कुशवाहाको घरमा अख्तियारले यसअघि १२ जेठमा छापा मारेको थियो। सो क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए।

    छापामारीका क्रममा अनुसन्धान अधिकारीहरूले विभिन्न योजनासँग सम्बन्धित कागजातहरू बरामद गरेका थिए। साथै, कुशवाहाको मोबाइल फोन नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो।

    यसअघि पनि कुशवाहा २० जेठमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए। पुनः पक्राउसँगै सांसद विकास कोषको रकम दुरुपयोग प्रकरण फेरि चर्चामा आएको छ।

    प्रकाशित : बिहिबार, ३० असोज २०८२ , ११:५४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend