लोकसारथि संवाददाता, दाङ ।
दाङमा प्रहरीले लगातार छापा मार्दै दुई फरक जुवाको खालबाट १३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमध्ये घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्याल र सोही उपमहानगरपालिकामा कार्यरत इन्जिनियर प्रवीण रावत समेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख डीएसपी दीपक श्रेष्ठका अनुसार, गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले घोराही–१८, कोठेकोलस्थित टि–थ्री होटलमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट रु. ३ लाख ४५ हजार ९१५ नगद र तीन गड्डी तास बरामद गरेको जनाएको छ।
पक्राउ परेकामध्ये वडाध्यक्ष अर्याल एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।
अन्य पक्राउ पर्नेहरूमा —
कृष्णबहादुर घर्ती (घोराही–१८), पूर्व प्रहरी निरीक्षक नारायण प्रसाद अधिकारी, मितेरी अस्पतालका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम केसी, लंकबहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका–२ का तेजप्रसाद आचार्य रहेका छन्।
त्यसैगरी प्रहरीले घोराही–१५ काठेकोलस्थित मिरज श्रेष्ठको घरमा पनि गएराति अर्को जुवाको खालमा छापा मारी घोराही–१८ का अनुप कशौधन, घोराही–१५ का ज्ञानेन्द्र रिजाल, एकराज खत्री र घोराही–१४ का सोहेलमान मनसुरीलाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट रु. ६० हजार ६४० बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
