logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

पाल्पामा कुटपिटबाट एक जनाको मृत्यु, अभियुक्त पक्राउ

पाल्पामा कुटपिटबाट एक जनाको मृत्यु, अभियुक्त पक्राउ


  • मंगलबार, कार्तिक ४ २०८२
  • 637
    SHARES

    पाल्पा ।
    पाल्पाको माथागढी गाउँपालिका–४ देउरीका ५६ वर्षीय प्रेमबहादुर जिसीको कुटपिटबाट मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार राति करिब ८ बजे प्रेमबहादुर जिसी र सोही गाउँका ५२ वर्षीय जनकपुरुषोत्तम जिसीबीच विवाद भएको थियो। झगडा क्रममा जनकपुरुषोत्तमले प्रेमबहादुरमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

    कुटपिटपछि गम्भीर घाइते भएका प्रेमबहादुर जिसीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, पाल्पा मित्याल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल, बुटवल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनापछि फरार रहेका जनकपुरुषोत्तम जिसीलाई प्रहरीले घरमै लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको छ।
    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रसाद बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रहरीले घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

    प्रकाशित : मंगलबार, ४ कार्तिक २०८२ , १२:४४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend