logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

ग्यास बुलेटको ठक्करबाट केदार श्रेष्ठको मृत्यु, श्रीमती र छोरा घाइते

ग्यास बुलेटको ठक्करबाट केदार श्रेष्ठको मृत्यु, श्रीमती र छोरा घाइते


  • सोमबार, कार्तिक १० २०८२
  • 663
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    मकवानपुरमा सोमबार बिहान ग्यास बुलेट र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    चितवनबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ गइरहेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परि सिन्धुपालचोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको हो। स्कुटर चालक श्रेष्ठकी २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ घाइते भएका छन्।

    गम्भीर घाइते केदारलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। सरस्वती र प्रवीनलाई भने थप उपचारका लागि चितवनको एलाइभ अस्पतालमा लगिएको छ।
    प्रहरीका अनुसार सरस्वतीको अवस्था गम्भीर रहेको छ भने प्रवीनको अवस्था सामान्य छ।

    दुर्घटनामा संलग्न ग्यास बुलेटका चालक भारत बिहार घर भएका ५५ वर्षीय मोहमद मतिनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

    प्रकाशित : सोमबार, १० कार्तिक २०८२ , ०१:१७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend