logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

नेपाल आज आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दै

नेपाल आज आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दै


  • बिहिबार, कार्तिक १३ २०८२
  • 936
    SHARES

    नेपाल आज आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ।

    ५० ओभरको यो खेल दुबईस्थित आईसीसी एकेडेमी मैदानमा भइरहेको छ र आज दिउँसो ११:१५ बजे (नेपाली समयानुसार) सुरु हुने तालिका रहेको छ।

    लिग–२ अन्तर्गत दुवै टोलीले अहिलेसम्म १७–१७ खेल खेलेका छन् र अंकतालिकाको तलका दुई स्थानमा रहेका छन्। नेपाल १२ अंकका साथ सातौँ स्थानमा रहेको छ भने यूएई ६ अंकका साथ आठौँ स्थानमा छ। यसअघि २२ खेल खेलिसकेको अमेरिकाले ३४ अंकसहित शीर्ष स्थान कायम राखेको छ।

    गत अक्टोबर २६ मा भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो।

    रोहित पौडेलको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टोलीलाई अष्ट्रेलियाली पूर्व–क्रिकेटर स्टुअर्ट ल’ (Stuart Law) ले प्रशिक्षित गरिरहेका छन्। (रासस)

    प्रकाशित : बिहिबार, १३ कार्तिक २०८२ , १०:४३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend