
संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा आइतबार भएको एसियाली क्रिकेट काउन्सिल यू–१९ एसिया कपको खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि अफगानिस्तानको टप अर्डरलाई नेपाली बलरले ध्वस्त पारेको थियो ।
नेपालका गुलसन कुमार झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिलको विकेट १.५ ओभरमा ९ बलमा १५ रनमा लिए । अर्का ओपनिङ ब्याट्सम्यान खालिद तानिवालले ११ बलमा १० रन बनाए भने ६.२ ओभरमा हेमन्त धामीको डिलिभरीमा झाको हातमा कैच आउट भयो। धामीले अर्को बलमा पुन प्रहार गर्दै अक्रम मोहम्मदजाईलाई शून्य रनमा प्याभिलियन फर्काए।
तेस्रो ब्याटिङमा आएका जम्सिद जद्रानले अर्धशतक पूरा गर्दै अफगानिस्तानको इनिङ्सलाई सम्हालेका थिए । ४९.२ ओभरमा रिटायर्ड हुनुअघि जाद्रानले १५२ बलमा आठ प्रहार गर्दै १०६ रन बनाएका थिए।
रहिमुल्लाह जुर्मतीले ६५ बलमा ३५ रन बनाएर जाद्रानसँग ८१ रनको साझेदारी गरे ।नुमान शाह आगाले ४१ बलमा ६० रन बनाए र जाद्रानसँग ९७ रनको साझेदारी गर्दै अफगानिस्तानले ४९.३ ओभरमा २६१–१० रन बनाएको थियो ।
नेपालका लागि हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले समान २–२ विकेट लिए ।
संयुक्त अरब इमिरेट्स दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा शुक्रबार भएको उद्घाटन खेलमा राष्ट्रिय यू–१९ क्रिकेट टोली पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
