Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपाल सुपर लिग २ अन्तर्गत आज उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै

नेपाल सुपर लिग २ अन्तर्गत आज उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै


  • शनिबार, पुष १४ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं  – नेपाल सुपर लिग २ अन्तर्गत आज उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् ।

    उपाधिका साथसाथै आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले व्यक्तिगत विधाका पुरस्कार राशी पनि सार्वजनिक गरिसकेको छ । यस संस्करणको सर्वोत्कृष्ट गोलरक्षकलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । लिगको प्रदर्शन हेर्दा उत्कृष्ट गोलरक्षकका दावेदारीमा निम्नअनुसार खेलाडी रहेका छन् ।

    स्टेफान क्युपिक

    झापा एफसीका सर्बियाका गोलकिपर क्युपिकलाई ड्रेसिङ रुमको प्रमुखको रुपमा राखिएको थियो । यसका अतिरिक्त, मैदानमा पनि उनले मात्र चार गोल खाए र आठ खेलमध्य पाँच क्लिन सिट राखे । उनले इलामविरुद्ध पेनाल्टी बचाउनुका साथै केहि उत्कृष्ट बचाउ पनि गरे । यसले उनलाई उत्कृष्ट गोलकिपर अवार्डको ठूलो दावेदार बनाउँछ । उनको नेतृत्व क्षमताले पनि अन्जन विष्टको अनुपस्थितिमा झापालाई सहयोग पुर्याएको थियो ।

    मोहमद ताहा

    थ्रीस्टार क्लबसँगको ए डिभिजन लिगको अभियान चोटका कारण बीचमै रोकिएपछि मोहम्मद ताहा नेपाल सुपर लिगका लागि पुनः नेपाल फर्किए । धनगढीलाई फाइनलमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरिरहेका उनले ३ खेलमा प्लेयर अफ द म्याच पनि पाए । उनले सात खेलमा खेलेका र दुईमा क्लिन सिट राखे पनि धेरै खेलमा उनको बचाउले धनगढी हारबाट जोगिएको छ ।

    हातले बिरलै बल समात्ने उनी बल क्लियर गर्न बढी रुचाउँछन् । पहिलो क्वालिफायरमा पोखराविरुद्धको टाइब्रेकरमा दुई पेनाल्टी जोगाउदा उनी धनगढीको फाइनल यात्राको नायक बनेका थिए ।

    जेफ्री बाल्टुस

    फाइनल पुग्ने अर्को टोली ललितपुरका गोलकिपर बाल्टुसले अहिलेसम्म सबै दश खेल खेल्दै चारवटा क्लिनसिट राखेका छन् भने सो प्रक्रियामा ६ गोल मात्रै खाएका छन् । अनन्त र उनको ब्याकलाइन गोलमा बाल्टुसको उपस्थितिको साथ ढुक्क हुदै आफ्नो खेल खेल्न सकेका छन् । उनी धनगढी विरुद्ध खेलमा प्लेयर अफ द म्याच पनि घोषित भएका थिए ।

    विशाल श्रेष्ठ लिग चरणबाट बाहिरिएको र अपेक्षा भन्दा कमजोर नतिजा आएको एफसी चितवनका गोलरक्षक र कप्तान विशाल श्रेष्ठ पनि उत्कृष्ट गोलकिपरको प्रतिस्पर्धामा छन् । उनले आठ खेलमा दुईवटा क्लिन सिट राख्दै अन्तिम लिग खेलमा झापा एफसी विरुद्धको प्रदर्शनले उनलाई अवार्डको लागि दावेदारीमा राखेको छ । लिगको अन्तिम खेलमा गरेको प्रदर्शन सम्भवत यस सिजन कुनै खेलाडीले एकै खेलमा देखाएको व्यक्तिगत उत्कृष्ट प्रदर्शन थियो । उनले एक पेनाल्टी बचाउनुका साथै आधा दर्जन बढी प्रहार विफल पारेका थिए ।

    प्रकाशित : शनिबार, १४ पुष २०८० , १२:३५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend