Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

पीएम कप : आज तीन खेल हुँदै

पीएम कप : आज तीन खेल हुँदै


  • सोमबार, माघ ८ २०८०
  • 1.6K
    SHARES

    काठमाडौँ- जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

    आज भैरहवा क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुँदैछ ।

    त्यस्तै अर्को खेल टियु मैदानमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र कर्णाली प्रदेशबीच हुँदैछ ।

    अहिलेसम्म पीएम कपको अंकतालिकामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन् । सुदूरपश्चिम र पुलिस क्लबले आफ्ना ३-३ खेल जितेर ६-६ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

    त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले ५-५ खेलमा ३-३ खेल जितेर ६-६ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् ।

    त्यस्तै एपीएफ क्लबले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबले ४ खेलमा २ अंक हासिल गरेर ४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

    त्यस्तै कर्णाली प्रदेश ४ अंकसहित सातौं स्थानमा छ भने गण्डकी प्रदेशले ४ खेलमा एक जितसहित २ अंक हासिल गर्दै आठौँ स्थानमा छ ।

    त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार व्यहोरेको छ र नवौं स्थानमा छ कोशी प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमै हार व्यहोरेर पुछारमा रहेको छ ।

    प्रकाशित : सोमबार, ८ माघ २०८० , १०:३३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend