logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

केयूको उपकुलपतिका लागि आवेदन माग

केयूको उपकुलपतिका लागि आवेदन माग


  • बिहिबार, पुष १८ २०८१
  • 1K
    SHARES

    काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले उपकुलपतिका लागि दरखास्त माग गरेको छ।

    केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा रहेको समितिले उपकुलपतिका लागि इच्छुक तथा योग्य उम्मेदवारलाई दरखास्त हाल्न सार्वजनिक सूचना निकालेको हो। 

    समितिमा प्राडा अर्जुन कार्की र पूर्वा शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन्। 

    उपकुलपतिका लागि आवेदन दिन चाहनेले आजको दश दिन भित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ। आवेदन ललितपुर बालकुमारीस्थित काठमाडौं विश्वविद्यालयको स्कूल अफ मेनेजमेन्टमा पेश गर्नु पर्नेछ।

    समितिले ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरेको हो। इच्छुक तथा योग्य व्यक्तिले उक्त कार्यविधिको अनुसूची – १ मा उल्लेख गरिएको ढाँचा अनुसार आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

    ‘इच्छुक तथा योग्य व्यक्तिले उक्त कार्यविधिको अनुसूची – १ मा उल्लेख गरिएको ढाँचा अनुसार यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दश) दिनभित्र कार्यालय समयमा (११ बजे देखि ४ बजेसम्म) ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, बालकुमारी स्थित काठमाडौ विश्वविद्यालयको स्कूल अफ मेनेजमेन्टमा दरखास्त पेश गर्नु पर्नेछ। दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा त्यसको भोलिपल्ट दरखास्त दिन सकिनेछ,’ सूचनामा भनिएको छ।

    प्रकाशित : बिहिबार, १८ पुष २०८१ , ०९:१८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend