logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अस्ट्रेलिया जान भनी सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना, श्रीमानको मृत्यु, श्रीमती घाइते

अस्ट्रेलिया जान भनी सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना, श्रीमानको मृत्यु, श्रीमती घाइते


  • शुक्रबार, पुष १९ २०८१
  • 494
    SHARES

    काठमाडौँ, १९ पुस : भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति सानोठिमीमा बा.प्र.०२–०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटना हुँदा झापाको भद्रपुर घर भई धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको मृत्यु भएको हो ।

    दुर्घटनामा स्कुटर पछाडी सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा पतिपत्नी नै गम्भीर घाइते भएका थिए । 

    घाइते भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए ।

    उनको शव पोस्टमार्टमको लागि आज बिहान टिचिङ अस्पताल लगिएको छ । भण्डारी दम्पती सवार स्कुटरलाई कुकुरले बाटो काट्दा दुर्घटना भएको स्थानीयले बताएका छन् । 

    अध्ययनका लागि अष्ट्रेलिया बस्दै आएका उनीहरु केसिह दिनअघि मात्रै नेपाल आएका थिए । अस्ट्रेलिया जानुपूर्व बजार गइ सामान किनेर कोठामा फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेको आफन्तको भनाई छ ।

    प्रकाशित : शुक्रबार, १९ पुष २०८१ , ०६:४६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend