काठमाडौं । भारतीय तटरक्षक गार्डको हेलिकोप्टर आइतबार गुजरातको पोरबन्दर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।
पोरबन्दरका प्रहरी उपरीक्षक भगीरथ सिंह जडेजाले घटनाको पुष्टि गरेका छन् ।
उनले भने, ‘नियमित उडान सकेर हेलिकोप्टर पोरबन्दर विमानस्थलमा अवतरण गरिरहेको थियो । त्यतिबेला दिउँसो १२ः१० बजेको थियो । हेलिकोप्टरमा चालक दलका तीन सदस्य थिए । तीनै जनालाई पोरबन्दर अस्पताल लगिएको थियो । जहाँ चिकित्सकले मृत घोषणा गरे ।’
प्रहरी उपरीक्षकले थप भने, ‘हेलिकोप्टर कसरी दुर्घटना भयो त्यो अनुसन्धानको विषय हो, प्रहरी र तटरक्षकले संयुक्त रूपमा घटनाको अनुसन्धान गर्नेछन् ।’
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
