logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जय ट्रफीको फाइनलमा कुशल भुर्तेलको शानदार अर्धशतक

जय ट्रफीको फाइनलमा कुशल भुर्तेलको शानदार अर्धशतक


  • मंगलबार, माघ १ २०८१
  • 1.2K
    SHARES

    काठमाडौं– जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लव भिडिरहेका छन्। पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको खेल समाप्त हुँदा २ विकेट क्षतिमा ८५ रन बनाएको छ।

    वर्षाका कारण आजको खेल दिउँसो मात्र सुरु भएको थियो। आर्मीले टस जितेर पहिले फिल्डिङ रोज्यो। पुलिसले पहिलो बलमै ओपनर दिलिप नाथलाई गुमाए पनि अर्का ओपनर कुशल भुर्तेलले इनिङ सम्हालेका थिए। उनले आक्रामक अर्धसतक बनाउँदै टीमलाई अघि बढाएका छन्।

    भुर्तेलले ५१ बलमा अर्धसतक पूरा गरेका हुन्। उनले ६ चौका प्रहार गरिसकेका छन्। प्रतियोगितामा कुशलको यो दोस्रो अर्धसतक हो।

    तेस्रो नम्बरमा आएका अमित श्रेष्ठ ३९ बलमा २० रन बनाएर आउट भए। क्रिजमा भुर्तेललाई अर्जुन साउदले साथ दिइरहेका छन्। १३ बलको सामना गर्दा अर्जुनको ब्याटबाट रन निस्किएको छैन।

    आर्मीका लागि सोमपाल कामी र सहाब आलमले एक–एक विकेट लिएका छन्। जय ट्रफीको फाइनल तीन दिवसीय हुनेछ। पहिलो दिन वर्षाका कारण १७ ओभरको खेल मात्रै सम्भव भयो।

    प्रकाशित : मंगलबार, १ माघ २०८१ , ०२:१४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend