logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

रोमानिया, क्रोएशिया, माल्टालगायत देशबाट पोल्याण्ड र बुल्गेरिया पठाउने नाममा ठगी

रोमानिया, क्रोएशिया, माल्टालगायत देशबाट पोल्याण्ड र बुल्गेरिया पठाउने नाममा ठगी


  • शनिबार, माघ ५ २०८१
  • 845
    SHARES

    काठमाण्डौ – रोमानिया, क्रोएशिया, माल्टालगायतका देशमा कार्यरत नेपालीहरुलाई विभिन्न प्रलोभन देखाएर पोल्याण्ड तथा बुल्गेरियामा गैरकानूनी ओसारपसार गरेर ठगी हुने क्रम बढेको छ ।

    जर्मनीको बर्लिनमा नेपाली दूतावासले ‘अत्यन्त जरुरी सूचना’ निकालेर टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालहरुको प्रयोग गरेर प्रलोभन बाँडिएको तथा झुटा विवरण प्रचारप्रसार गरेको पाइएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

    नेपालबाट विधिवतरुपमा जुन देशको लागि श्रमस्वीकृति लिएको हो त्यही देशमा कार्यरत रहन र यस्ता प्रलोभनमा नपर्न दूतावासले अनुरोध गरेको छ । दूतावासले यस्तो गैरकानूनी कार्यमा संलग्न नहुन र कोही संलग्न भएमा प्रमाणसहित दूतावासमा उजुरी दिन पीडितहरुलाई आह्वान पनि गरेको छ ।

    प्रकाशित : शनिबार, ५ माघ २०८१ , ०४:१९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend