logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति शल्यक्रिया कक्ष थप

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति शल्यक्रिया कक्ष थप


  • शनिबार, माघ ५ २०८१
  • 611
    SHARES

    लोकसारथि, ५ माघ । लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति सेवाका लागि तीन वटा नयाँ शल्यक्रिया कक्ष थप गरिएको छ। यी कक्षहरूको औपचारिक उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार सम्पन्न गरे।

    उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले शल्यक्रिया कक्ष थप गर्नुले उपचार प्रक्रिया छिटोछरितो बनाउँदै बिरामीले पालो पर्खनुपर्ने समस्या समाधान हुने विश्वास व्यक्त गरे।

    वार्षिक हजारौं बिरामीलाई लाभ अस्पतालको तथ्याङ्कअनुसार वार्षिक रूपमा ९ हजारभन्दा बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन्। गत आर्थिक वर्षमा मात्र १२ हजार ९८ जनाले प्रसूति सेवाबाट लाभ लिएका थिए।

    उद्घाटन समारोहमा सहभागीहरू अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव डा. वासुदेव उपाध्याय, स्वास्थ्य निर्देशक डा. विनोद गिरी र मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकाल लगायतका व्यक्तिहरूको उपस्थिति थियो।

    शल्यक्रिया कक्षहरूको थप सेवाले अस्पतालमा उपचारका लागि आउने महिलाहरूको सहजता र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ।

    प्रकाशित : शनिबार, ५ माघ २०८१ , ०४:२५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend