logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

यू–१९ टी–२० विश्वकप आजदेखि, नेपालले बंगलादेशसँग खेल्दै

यू–१९ टी–२० विश्वकप आजदेखि, नेपालले बंगलादेशसँग खेल्दै


  • शनिबार, माघ ५ २०८१
  • 2.2K
    SHARES

    काठमाडौँ । आईसीसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेट आजदेखि मलेसियामा शुरु हुँदैछ । पहिलो पटक विश्वकपमा पुगेको नेपाली महिला टिमले आज बंगलादेशसँग खेल्दैछ । 

    खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे शुरु हुँदैछ । सन् २००७ बाट अन्तर्राष्ट्रिय महिला क्रिकेट थालेको नेपालको यो पहिलो ठूलो सहभागीता हो । 

    नेपालले बंगलादेशसँग एक पटकमात्र खेलेको छ । गत महिना मलेसियामा नै आयोजना भएको यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो ।

    नेपालको समूहमा बंगलादेशसँगै अष्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् । नेपालको लक्ष्य सुपर सिक्समा पुग्नु रहेको छ । 

    त्यसका लागि नेपालले सुखद शुरुआत गर्नुपर्नेछ । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । सबै खेल दिउँसो १२ः१५ बजे नै शुरु हुनेछन् । 

    १६ टिम सहभागी
    यो विश्वकपमा १६ राष्ट्र सहभागी छन् । चार समूहमा विभाजन गरी आपसमा खेलाई हरेक समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन् । 

    १६ बाट १२ मा झारिएपछि दुई समूह हुनेछ । पहिलो समूहमा पहिलो चरणको समूह ए र डीका शीर्ष तीन टिम हुनेछन् भने दोस्रो समूहमा समूह बी र सीका टिम रहने छन् । 

    सुपर सिक्सका दुवै समूहका दुई टिम सेमिफाइनलमा पुग्नेछन् । एउटा समूहको शीर्ष टिमले दोस्रो समूहको दोस्रो टिमसँग सेमिफाइनल खेल्नेछ । 

    फाइनल खेल आगामी २ फेब्रुअरीमा हुनेछ । 

    यस्तो छ प्रारम्भिक समूह विभाजन–
    समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इन्डिज छन् ।

    समूह ‘बी’ मा इङ्गल्याण्ड, पाकिस्तान, आयरल्याण्ड र अमेरिका रहेका छन् । 

    समूह ‘सी’ मा दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, समोआ र नाजेरिया छन् । 

    समूह ‘डी’ मा नेपालसँगै बंगलादेश, अष्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् ।

    प्रकाशित : शनिबार, ५ माघ २०८१ , ०४:४३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend