अब सवारीसाधनको चाबी थुत्न ट्राफिक प्रहरीले नपाउने

काठमाडौँ । अब ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाउने भएका छन् । पाटन उच्च अदालतले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश ट्राफिक प्रहरीलाई दिएको छ ।

सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो निर्देशनात्मक आदेश दिएको हो ।

विवेक चौधरीले कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.