logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

बुटवल–११ बाट ऋण लिने सभापति रवि लामिछाने नै भएको सरकारी वकिलको दाबी

बुटवल–११ बाट ऋण लिने सभापति रवि लामिछाने नै भएको सरकारी वकिलको दाबी


  • बिहिबार, माघ १० २०८१
  • 533
    SHARES

    लोकसारथि, १० माघ । सरकारी वकिलहरूले बुटवल–११ को ठेगानामा सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार रास्वपा सभापति रवि लामिछाने नै भएको जिकिर गरेका छन् ।

    रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसमा बहस गरिरहेका सरकारी वकिलहरूले बहसका क्रममा कागजपत्रले उक्त ठेगाना राखेर प्रवाह भएको ऋण गोर्खा मिडिया नेटवर्कमै गएको बताएका हुन् ।

    ‘बुटवलको वडा नम्बर ११ को ऋण लिनका लागि निवेदन दिने रवि लामिछाने म होइन भनेर भन्नुभएको छ,’ इजलासमा सरकारी वकिलले भनेका छन्, ‘तर कागजपत्रले ऋण उहाँकोमा नै गएको देखिन्छ । ऋण उहाँले नै चलाउनुभएको छ ।’

    गोर्खा मिडिया नेटवर्कको पूँजी बढाएर १२ करोड पुर्‍याउनले बेलामा १५ प्रतिशत शेयर वापत रविले १ करोड ८० लाख रुपैयाँ हाल्नुपर्ने अवस्था सिर्जना भएको थियो । उक्त रकम बुटबलको सुप्रिम सहकारीबाट ल्याएको पाइएको संसदीय विशेष छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    रवि लामिछाने, बुटवल ११ को ठेगानामा फर्जी ऋणी खडा गरेर रकम निकालिएको समितिको प्रतिवेदनले भनेको छ । रविले भने आफू उक्त ठेगाना भएको व्यक्ति नभएको जिकिर गरेका थिए ।यो मुद्दामा ७ जना सरकारी वकिलहरूले बहस गर्दैछन् । बिहीबार खाजा ब्रेकअघि ७ मध्ये ४ जनाको बसह सकिएको छ भने ३ जनाको बाँकी छ ।

    ‘रवि लामिछानेको इन्कारी बयान गलत छ । यो संगठित रुपमा गरिएको अपराध हो । एक आपसमा मिलेर लगभग २९ हजार निक्षेपकर्ताको पैसा डुबेको अवस्था छ,’ सरकारी वकिलले भनेका छन्, ‘यसरी सहकारी ऐन विपरीत आफ्नो खातामा सहकारीबाट ऋण लिएर गैरकानुनी रुपमा आफूले चलाएको कारण थुनामा राखेर कारबाही हुनुपर्छ ।’

    प्रकाशित : बिहिबार, १० माघ २०८१ , ०९:१८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend