logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गुल्मीको मालिका पिस पार्कमा महिला मृत फेला, घटनाबारे अनुसन्धान जारी

गुल्मीको मालिका पिस पार्कमा महिला मृत फेला, घटनाबारे अनुसन्धान जारी


  • शनिबार, माघ १२ २०८१
  • 1.3K
    SHARES

    गुल्मी, माघ १२ । गुल्मीको मालिका गाउँपालिका–४ स्थित पर्यटकीय क्षेत्र मालिका पिस पार्कको पश्चिम गेटमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मृतक ४० वर्षीया गीता अर्याल मालिका गाउँपालिका–८ डक्सुमारेकी हुन्। उनी विगत सात वर्षदेखि माइतिघरमा बस्दै आएकी थिइन्।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार शनिबार बिहान पार्कमा सरसफाइको काम गर्ने निमलाल अर्यालले गीता अर्याललाई अचेत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ। स्थानीयका अनुसार मृतक महिला अत्यधिक मादक पदार्थ सेवन गरेर हिँड्ने गर्थिन्। यद्यपि, मृत्युको कारण यकिन भइनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    मालिका पिस पार्क पर्यटकीय क्षेत्रका रूपमा परिचित छ। यस क्षेत्रमा भएको यो घटनाले स्थानीय बासिन्दा र आगन्तुकहरूमा स्तब्धता छाएको छ।

    प्रकाशित : शनिबार, १२ माघ २०८१ , १०:०० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend