logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै


  • सोमबार, माघ २१ २०८१
  • 650
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ ।

    सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको हो । प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

    अनुसन्धानमा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको पाइएको प्रहरीको भनाइ छ। सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रहरीको राय छ।

    यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका छन् ।

    प्रकाशित : सोमबार, २१ माघ २०८१ , १२:४७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend