logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

इसेवाको पैसा NIC एशिया बैंकको एटीएमबाट तान्न मिल्ने

इसेवाको पैसा NIC एशिया बैंकको एटीएमबाट तान्न मिल्ने


  • मंगलबार, माघ २९ २०८१
  • 871
    SHARES

    काठमाडौँ । ईसेवा मोबाइल वालेटले एटीएम ‘विथड्र’ सेवा विस्तार गरेको छ । यो सेवाअनुसार प्रयोगकर्ताहरूले एनआईसी एशिया बैंकको एटीएमबाट पैसा निकाल्न सक्नेछन् । यस अघि एभरेष्ट बैंकमार्फत मात्रै प्रदान गर्दै आएको यो सुविधा इसेवाले एनआईसी एशियामा पनि विस्तार गरेको हो । 

    यसका लागि इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा एपमा गई ‘ओटीपी’ प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपछि एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ ।  पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको ‘फाइनान्सियल सर्भिस’भित्र रहेको एटीएम ‘विथड्र’मा गई एनआईसी एशिया बैंक छनोट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नुपर्नेछ । 

    प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ‘ओटीपी’ आउने छ । जुन प्रयोगकर्ताहरूले एटीएम टर्मिनलमा पुष्टि गर्नुपर्ने इसेवाले जनाएको छ । यसरी मोबाइल नम्बर र ‘ओटीपी’सहितका विवरणहरू एटीएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताहरूले नगद निकाल्न सक्नेछन् ।

    प्रकाशित : मंगलबार, २९ माघ २०८१ , ०८:३७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend