logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सिराहामा सामूहिक बलात्कारको आरोप लगाएकी किशोरी शंकास्पद रूपमा मृत फेला

सिराहामा सामूहिक बलात्कारको आरोप लगाएकी किशोरी शंकास्पद रूपमा मृत फेला


  • सोमबार, फाल्गुन ५ २०८१
  • 1.1K
    SHARES

    लोकसारथि, ५ फाल्गुन । सिराहा, नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा शंकास्पद रूपमा मृत फेला परेकी छन्। उनले केही दिनअघि गाउँको भेलामा तीन युवकले अपहरण गरी सामूहिक बलात्कार गरेको बयान दिएकी थिइन्।

    पीडित परिवारका अनुसार, माघ २७ गते राति करिब ९ बजे शौच गर्न गएकी सदालाई स्थानीय रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले जबरजस्ती अपहरण गरी गाउँबाहिर लगेका थिए। माघ २८ गते बिहान करिब ३ बजे उनी गाउँमै रुँदै हिँडिरहेको अवस्थामा फेला परेकी थिइन्। त्यसपछि उनले आफ्नी आमा सीतादेवीलाई आफ्नो पीडा सुनाएकी थिइन्।

    बलात्कारको घटनाबारे गाउँमा कुरा उठेपछि परिवारलाई दवाव दिई मिलापत्र गराउन खोजिएको थियो। यस्तै क्रममा उनी घरमै झुन्डिएको अवस्थामा मृत फेला परिन्। घटनास्थल बाहिरबाट चुकुल लगाइएको अवस्थामा भेटिएकोले परिवार र स्थानीयले मृत्यु शंकास्पद भएको बताएका छन्।

    यस घटनाले गाउँमा सनसनी मच्चाएको छ भने पीडित पक्षले निष्पक्ष छानबिनको माग गरेका छन्। प्रहरी प्रशासनले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।

    प्रकाशित : सोमबार, ५ फाल्गुन २०८१ , ०९:५७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend