logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सातपोखरी मावी भूतपूर्व विद्यार्थी मञ्चको नयाँ समिति चयन

सातपोखरी मावी भूतपूर्व विद्यार्थी मञ्चको नयाँ समिति चयन


  • बुधबार, फाल्गुन ७ २०८१
  • 1.3K
    SHARES

    लोकसारथि, ७ फागुन । पाल्पाको माथागढी गाउँपालिका-६ मा रहेको सातपोखरी मावीका भूतपूर्व विद्यार्थी मञ्चको साधारण सभा तथा अधिवेशन बुद्ध पार्क, देवदहमा सम्पन्न भएको छ।

    कार्यक्रममा माथागढी गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुन्छेको प्रमुख आतिथ्य रहेको थियो। साथै, सल्लाहकारहरू दुर्गा प्रसाद काफ्ले, धुर्व प्रसाद कोइराला, अर्जुन कुमार रेग्मी, तारा प्रसाद काफ्ले, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, भूतपूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

    भेलाले दिपक भट्टराईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। अन्य पदाधिकारीहरू निम्नानुसार चयन भएका छन्:

    • उपाध्यक्ष: उदय राज भट्टराई
    • महासचिव: खेम बहादुर घर्ती
    • कोषाध्यक्ष: दिपक प्रसाद रेग्मी
    • सचिव: समिक्षा रेग्मी

    सदस्यहरूमा रोशन कुमार, सुरेन्द्र बहादुर ढेंगा, संकल्प काफ्ले, शोमा लामिछाने, हिमाल जर्घा थापा, धकेश्वर भट्टराई, रश्मी काफ्ले र छलिसरा चुहान चयन भएका छन्।

    महासचिव खेम बहादुर घर्तीका अनुसार विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनमा योगदान पुर्‍याउन भूतपूर्व विद्यार्थी मञ्च गठन गरिएको हो। विद्यालयलाई आर्थिक, भौतिक मात्र नभई ज्ञान र अनुभवबाट पनि सहयोग पुर्‍याउने लक्ष्य मञ्चको रहेको छ।

    प्रकाशित : बुधबार, ७ फाल्गुन २०८१ , ०८:३६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend