logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

रुपन्देहीमा महिलाको हत्या, संलग्न एक जना पक्राउ

रुपन्देहीमा महिलाको हत्या, संलग्न एक जना पक्राउ


  • आइतबार, फाल्गुन १८ २०८१
  • 1.1K
    SHARES

    तिलोत्तमा, फागुन १८ – रुपन्देहीको सियारी गाउँपालिका-१, बेथरी बेलबास करिडोर नजिक फागुन ८ गते गहुँबारीमा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। दाङ लमही नगरपालिका-७ की ४० वर्षीया संगीता चौधरी को हत्या भएको पुष्टि भएको छ।

    प्रहरीले संगीता चौधरीको हत्या आरोपमा रुपन्देही तिलोत्तमा नगरपालिका-१२ का ४२ वर्षीय अमिरीका थारु (अजय थारु) लाई पक्राउ गरेको छ।

    हत्या कसरी भयो ?

    प्रहरी अनुसन्धान अनुसार, अजय र संगीता मजदुरी गर्ने सहकर्मी थिए। घटना भएको दिन मादक पदार्थ सेवनपछि झगडा भएको थियो। झगडाकै क्रममा अजयले नजिकैको ढुङ्गाले प्रहार गरी संगीताको हत्या गरेको खुलेको छ।

    प्रहरी अनुसन्धान र पक्राउ

    शव फेला परेपछि रुपन्देही प्रहरीको विशेष अनुसन्धान टोली, डिएसपी सुरज कार्कीको कमान्डमा स्निफिङ डगसहित घटनास्थलमा पुगेको थियो। अनुसन्धानकै क्रममा अभियुक्त अजयलाई पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार अजयविरुद्ध पर्याप्त प्रमाण फेला परेको छ, र अनुसन्धान जारी छ। जिल्ला अदालतबाट ८ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित : आइतबार, १८ फाल्गुन २०८१ , ०२:५७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend