logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

डा विकास देवकोटा स्वास्थ्य सचिव, डा संगीता मिश्राको असन्तुष्टि

डा विकास देवकोटा स्वास्थ्य सचिव, डा संगीता मिश्राको असन्तुष्टि


  • बिहिबार, फाल्गुन २२ २०८१
  • 1.6K
    SHARES

    काठमाडौँ, फागुन २२ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त भएपछि अतिरिक्त सचिव डा संगीता मिश्राले असन्तुष्टि व्यक्त गरेकी छिन्। वरिष्ठता मिचिएको भन्दै उनले विभिन्न माध्यमबाट आफ्नो असन्तुष्टि जनाइरहेकी छिन्।

    बिहीबार सचिवका लागि सिफारिस गरिएका तीनमध्येका एक डा टंक बाराकोटी मन्त्रालयमा हाजिर भएपनि डा मिश्राले पदबहाली गरेकी छैनन्। उनले आफू २०७९ असार २३ गते १२औं तहमा बढुवा भएकी हुनाले सचिवमा पहिलो दाबी प्रस्तुत गर्दै आएकी थिइन्। डा देवकोटा भने २०७९ चैत १३ गते १२औं तहमा बढुवा भएका थिए।

    डा संगीता मिश्राले २०५७ सालमा पहिलोपटक सेवा प्रवेश गरेकी थिइन्। एक वर्षपछि जागिर छाडेपछि २०७० असोज १० गते लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट ११औं तहमा पुनः प्रवेश गरेकी थिइन्। डा देवकोटा भने २०५३ सालदेखि निरन्तर स्वास्थ्य सेवामा कार्यरत रहेका छन्।

    लोक सेवा आयोगको बढुवा समितिले सचिव पदका लागि डा विकास देवकोटा, डा संगीता मिश्र र डा टंक बाराकोटीलाई योग्य ठहर गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

    प्रकाशित : बिहिबार, २२ फाल्गुन २०८१ , ०१:०१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend