logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट आजदेखि सुरु

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट आजदेखि सुरु


  • आइतबार, फाल्गुन २५ २०८१
  • 637
    SHARES

    लोकसारथि डेस्क, २६ फागुन । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

    फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन सहरमा सञ्चालन हुने यस प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमसहित कुल १० टिम सहभागी छन्।

    प्रतियोगिताका खेलहरू भैरहवाको सिद्धार्थ रंगशाला, दाङको देउखुरी क्रिकेट स्टेडियम, र तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा हुनेछन्।

    आज पहिलो दिन तीन खेल हुँदैछन्। सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब आमनेसामने हुनेछन्। त्यस्तै, देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

    प्रधानमन्त्री कपको उपाधि अहिलेसम्म कुनै पनि प्रदेश टिमले जित्न सकेका छैनन्। यसअघि तीन विभागीय टिम— नेपाल पुलिस क्लब, एपीएफ क्लब, र त्रिभुवन आर्मी क्लबले मात्र उपाधि जितेका छन्। नेपाल पुलिस क्लबले तीन पटक, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले दुई–दुई पटक यो उपाधि जितेका छन्।

    यस संस्करणमा नेपाल पुलिस क्लब डिफेन्डिङ च्याम्पियनको रूपमा मैदान उत्रनेछ।

    प्रकाशित : आइतबार, २५ फाल्गुन २०८१ , ०४:०२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend